जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद तेस्रो पटक थपियो


काठमाडौं, २६ माघ । सरकारले भदौ २३ र २४ गतेको अनुसन्धान गर्न गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद तेस्रोपटक थप गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले गौरीबहादुर कार्की नेतृत्वको वर्तमान आयोगको म्याद २५ दिन थप गर्ने निर्णय गरेको जानकारी दिए । आयोगले भदौ २३ र भदौ २४ गतेको घट्नाको अनुसन्धान अन्तिम चरणमा पर्याएको छ ।

अब २५ दिन म्याद थपिएसँगै आयोगको प्रतिवेदन २१ फागुनको निर्वाचनअघि आउने सम्भावना छैन ।