काठमाडौं, २७ माघ । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफ्नो पार्टी एक नम्बर बन्ने दाबी गरेका छन् । उनले आफूपनि काठमाडौं–३ बाट चुनाव जित्ने दाबी गरे । आज (मंगलबार) काठमाडौंमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफूहरु काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले काम गरेको आधारमा विश्वास गर्ने बताए । यसअघि पनि उनले आफूहरु सोसल मिडियाबाट उदाएको व्यक्ति नभएर परीणाम दिएर जनताको मन जितेको व्यक्ति भएको बताएका थिए । आजपनि उनले सोही कुरा दोहोर्याए ।
उनले भने,‘हामी काम गर्ने र परिणाम दिने मान्छे हौं । सोसल मिडिया चलाउन पनि आउँदैन । हाम्रो रियल जे हो त्यही सोसल मिडियामा आउँछ । फेब्रिकेटेड अल्गोरिदम बनाएर यो मान्छे जित्छ, उ जित्छ भनिएको छ तर रियलमा त्यो हुँदैन । हामी हन्ड्रेड पर्सेन्ट जित्छौं । हाम्रो मान्छे जित्छन् । म मात्र होइन, सबैभन्दा बढी उम्मेदवार काठमाडौंमा उज्यालो नेपालले जित्छ । देशभरिको भन्दिनँ, काठमाडौंमा एक नम्बरको पार्टी हुन्छौं ।’




प्रतिक्रिया