काठमाडौं, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रामेछापको मन्थली नगरपालिका त्रिवेणीनजिकै तामाकोशी नदीमा बस दुर्घटनामा परी केही यात्रुको दुःखद् निधन भएको खबरले मर्माहत भएको बताएका छन् । उनले दुःखद् घटनामा ज्यान गुमाएका सबैप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत उनले निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले लेखेका छन्–
रामेछापको मन्थली नगरपालिका–त्रिवेणी नजिकै तामाकोशी नदीमा बस दुर्घटना हुँदा केही यात्रुको दुःखद निधन भएको खबरले म अत्यन्तै मर्माहत भएको छु। यस दुःखद घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै उद्धार, उपचार तथा राहत कार्यलाई तीव्र, प्रभावकारी र समन्वित बनाउन सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछु। स्थानीय पार्टी पंक्तिलाई आवश्यक समन्वय गरी पीडितको सहयोगमा सक्रिय रूपमा खटिन निर्देशित गर्दछु।




प्रतिक्रिया