काठमाडौं, माघ २९ । आम जनता पार्टी (आजपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विजय यादव ‘निर्विज’ले जनमुखी एजेन्डासहित चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार यादव ले आज जिल्लाको कोल्हवीस्थित निर्वाचन परिचालन सम्पर्क कार्यालयमा आफ्नो निर्वाचन क्षेत्रका मतदातासामु आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
देशमा बढ्दो निराशा, भ्रष्टाचार, दलाली प्रवृत्ति र कमजोर शासन व्यवस्थाको अन्त्य गर्दै जनताको प्रत्यक्ष शासन स्थापना गर्ने लक्ष्यसहित यादवले “अबकी बार जनता सरकार” भन्ने मूल नारालाई आफ्नो अभियानको केन्द्रमा राख्दै जनताको जीवनस्तर सुधार, विकास निर्माण, सुशासन र समृद्ध बारा निर्माणका लागि ठोस र व्यवहारिक योजनासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, “बारा–१ का जनताको पीडा, आवश्यकता र अपेक्षालाई संसदमा पुर्याएर समाधान गर्नु मेरो पहिलो जिम्मेवारी हुनेछ। अबको निर्वाचन परिवर्तन र जनताको सरकार निर्माण गर्ने ऐतिहासिक अवसर हो।”
उनले जनताको विश्वास र समर्थन बिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै आगामी निर्वाचनमा मोबाइल छापमा मतदान गरी अभियानलाई बलियो बनाउन मतदातालाई आग्रहसमेत गरे।
उक्त कार्यक्रममा आम जनता पार्टीकी महिला नेतृ तथा समानुपातिक उम्मेदवार उपाध्यक्ष एलिजा गौतम, समानुपातिक उम्मेदवार रञ्जु चौधरी, बारा जिल्ला अध्यक्ष राजकिशोर साह, सचिवालय सदस्य रामशरण यादव लगायत नेताहरूको उपस्थिति रहेको थियो।

बारा–१ का लागि यस्ता छन् २३ बुँदे जनमुखी प्रतिबद्धता
उम्मेदवार यादवले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा बारा जिल्लाको समग्र विकासका लागि निम्न प्रमुख एजेन्डाहरू समेटिएका छन्
पर्यटन तथा ऐतिहासिक पहिचान : ऐतिहासिक सिम्रौनगढ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल पातालगंगा क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास आर्थिक र औद्योगिक विकास भन्सार स्थापना तथा व्यापार प्रवर्द्धनका लागि सशक्त पहल जडीबुटी तथा स्थानीय स्रोतसाधनको आधुनिक व्यवस्थापन,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र निर्माणका लागि निर्णायक पहल,शून्य कर नीति मार्फत उद्योग र उत्पादन प्रवर्द्धन,कृषि आधुनिकीकरण तथा किसानका लागि पेन्सन व्यवस्था,युवा रोजगार अभियान
“हर हातमा हुनर” अभियानमार्फत युवालाई सीप र रोजगार : पूर्वाधार विकास,हरेक गाउँमा राजमार्ग तथा कृषि सडक विस्तार,घर–घरमा नाला र बस्ती–बस्तीमा ढल व्यवस्थापन
निःशुल्क विद्युत सेवासहित मजबुत ऊर्जा पूर्वाधार : हरेक खेतमा आधुनिक सिंचाइ सुविधा, आवास तथा शहर विकास,ल्यान्डपुलिङमार्फत व्यवस्थित नयाँ शहर निर्माण,गरिब, दलित र भूमिहीनका लागि आवास र जमीन सुनिश्चितता,शिक्षा, स्वास्थ्य र प्रविधि
गुणस्तरीय शिक्षाका लागि आधुनिक शैक्षिक पूर्वाधार : प्रत्येक नगरमा मोडेल अस्पताल स्थापना, मजबुत इन्टरनेट संरचना तथा निःशुल्क वाइफाइ सेवा, सामाजिक सुविधा,घर–घरमा ग्यास चुलो र सिलिन्डर व्यवस्था,हरेक नगरमा खेलमैदान तथा खेलाडीका लागि उच्च सुविधा र जनताको आवाज संसदमा पुर्याउने संकल्प





प्रतिक्रिया