प्रचण्ड रुकुम मैकोटमा मतदातासँग मर्निङवाकसँगै भेटघाटमा व्यस्त


काठमाडौं, फागुन ४ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बिहान रुकुमको पर्यटकीयस्थल मैकोटमा मर्निङवाकसँगै मतदातासँग भेटघाटमा व्यस्त रहेका छन् ।

आइतबार दिउँसो मैकोट पुगेका संयोजक दाहालले सोमबार बिहानैदेखि विभिन्न वडाका कार्यकर्तासँग भेटघाटमा व्यस्त रहेका छन् ।