काठमाडौं, फागुन ४ । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको उम्मेदवार रेणु दाहालले केही सञ्चारमाध्यमबाट मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएकी छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले केही सञ्चार माध्ययमबाट प्रकाशन भएका भ्रमपूर्ण गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन र प्रसारण नगर्न सम्बन्धित सबैमा अनुरोध गरेकी छन् ।
उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दै अहिले आफू घरदैलो अभियानमा व्यस्त रहेको र यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको उल्लेख गरेकी छन् । भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको उनले अनुभूति सार्वजनिक गरेकी छन् ।
उनले लेखेकी छन्, यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ। भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु। निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।




प्रतिक्रिया