एमालेको झण्डा जलाएपछि शंकर पोखरेलको टिप्पणी : अराजकता र उदण्डता कुनै नयाँपन होईनन्, ती अपराध हुन्


काठमाडौं, ८ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेको झण्डा जलाउनेहरुमाथि कडा टिप्पणी गरेका छन् । उनले अराजकता र उदण्डता कुनै नयाँपन नभएर अपराध हुने बताएका छन् ।

उनले भनेका छन्,‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन्। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्।यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।’

उता, एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले पनि पार्टीको झण्डा समेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भन्दै उनीहरुलाई तत्काल कारबाही नगरिए प्रतिवादमा उत्रिने चेतावनी दिएका हुन् ।

Skip This

Omoda E5 Pro