काठमाडौं, ८ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाएको घट्नाको निन्दा गरेको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारप्रति असहिष्णुता प्रदर्शन गर्दै अरुको आस्थामा आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत भएको बताएका छन् ।
उक्त घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि अनेरास्ववियुको माग छ । यो विषयमा यदि सरकार मौन बस्ने वा अराजकतालाई प्रश्रय दिने कार्य गरेमा अनेरास्ववियु आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने पनि उसको चेतावनी छ ।





प्रतिक्रिया