काठमाडौं, ८ फागुन । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघले एमालेको राष्ट्रिय झण्डामाथि प्रहार गर्ने गतिविधिको निन्दा गरेको छ । यस्ता गतिविधि असह्य भन्दै युवा संघले त्यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
आज (शुक्रबार) युवा संघका अध्यक्ष माहाराजा गुरूङले आज एक विज्ञप्ति जारी गर्दै हिजो दाङमा घटनाईएको उच्छृंखल गतिविधिप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘सम्बन्धित पक्ष रास्वपालाई यथाशीघ्र सार्वजनिक रुपमा माफी माग्न, यस्ता गतिविधि तत्काल रोक्न र आफ्ना कार्यकर्तालाई अनुशासनमा राख्न स्पष्ट आग्रह गर्दछौं । अन्यथा, यस्ता गतिविधि दोहोरिए वा नियोजित रुपमा जारी राखिए भने राष्ट्रिय युवा संघ नेपाल देशव्यापी रुपमा सशक्त प्रतिवादमा उत्रिन बाध्य हुनेछ । संघ यस विज्ञप्तिमार्फत देशभरका मातहत कमिटीहरुलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन गर्दछ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताको बलिदानी संघर्षबाट प्राप्त उपलब्धिमाथि आँच आउने कुनै पनि प्रयासलाई कडा दिईनेछ ।’





प्रतिक्रिया