रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित


काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन १० गते पोखरामा आयेजना गर्न लागेको सभा स्थगित् गरेको छ । भोलि भैरहवामा हुने कार्यक्रमपनि रास्वपाले स्थगित् गरिसकेको छ । रास्वपाले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द शाहको उपस्थितिमा जनसम्बोधन कार्यक्रम राखेको थियो । तर, विशेष कारण देखाउँदै ती दुवै कार्यक्रम स्थगित् भएको जानकारी गराएकाृ छ ।

रास्वपाले आफ्नो फेशबुक पेजमार्फत भनेको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १० (पोखरा) मा आयोजना गरिएका पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’