काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले एमालेको झण्डा जलाउनेहरु आफ्नो पार्टीका कार्यकर्ताहरु भए कारबाही गर्ने चेतावनी दिएका छन् । आज दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अलिकति केही विवाद गर्न खोजिएको छ । कुनै अन्य राजनीतिक दलको झण्डालाई कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई दोसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार ! रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’
उनले आफ्नो अन्तिम इच्छा के हो ? त्यो जवाफ यसपटक मतपत्रमा जनताले दिने विश्वास दिलाए । उनले पुराना दलहरूलाई एउटै सीट जिताउन नहुने बताए।




प्रतिक्रिया