एमाले अध्यक्ष ओली झापामा, आजबाट आक्रामक चुनावी अभियान थाल्ने


काठमाडौं,९ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् । उनी विहानैदेखि व्यस्त हुने कार्यतालिका सार्वजनिक भएको छ । यसअघि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित रहेका ओली आजबाट भने पूरै क्षेत्रको भ्रमणमा निस्किन लागेको जनाईएको छ ।

झापा–५ बाट उम्मेदवार रहेका ओलीले भारी मतान्तरले चुनाव जित्ने दाबी गर्दै आएका छन् । सो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेन्द्र शाह उम्मेदवार छन् । उनीपनि आजबाट झापामा केन्द्रित भएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशको चुनावी कार्यक्रम सकेर काठमाडौं आएका शाह आज झापा जाने तय भएको छ ।