रौतहटको गौरमा कर्फ्यु जारी


काठमाडौं, ९ फागुन । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा तोकिएको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । दुई समूदायबीच झडप भएपछि प्रशासनले आज कर्फ्यु लगाएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन ९ गतेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो ।

जारी आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने जनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।