पूर्वी नेपालमा भूकम्पको धक्का


काठमाडौं, फागुन १० । भर्खरै संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आज बिहान साढे सात बढे बजे चार दशमलव एक म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा कुनै क्षतिको विवरण प्राप्त भएको छैन् । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महशुस गरिएको छ । यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ ।