फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो?


काठमाडौं, फागुन ११ । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।