स्याङ्जा, ११ फागुन । स्याङ्जामा विभिन्न राजनैतिक दलसँग आबद्ध युवाहरु नेपाली काँग्रेस पार्टी प्रबेश गरेका छन् । स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका–१३ लाम्पाटा, तोरिखोला लगाएतका क्षेत्रका एक दर्जन युवाहरु काँग्रेस प्रबेश गरेका हुन् ।
काँग्रेस प्रबेश गरेका युवाहरुले सबै जोड्ने र सबै अट्ने काँग्रेस अन्य पार्टीको तुलनामा लोकतान्त्रिक पार्टी भएको र पार्टीले अंगिकार गरेको नीतिबाट प्रभावित भएको बताए । पछिल्लो समय देशमा बढ्दै गएको अनैतिक र अराजकताप्रति दुःख व्यक्त गर्दै उनीहरुले काँग्रेस सबै भन्दा जिम्मेवारी पार्टी भएका कारण आफूहरुले काँग्रेस रोजेको सुनाए ।
काँग्रेस प्रबेश गरेका विशाल वि.क., सुनिल वि.क., अभिशेख वि.क., सुजन सुनार, समिर वि.क., सुमन सुनार, दिवस सुनार चदरा लगाएतका युवाहरुलाई काँग्रेस स्याङ्जाका सभापति राजु थापा र जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जि.टीले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।
पार्टी प्रबेश गरेका युवाहरुलाई स्वागत गर्दै स्याङ्जा काँग्रेसका सभापति राजु थापाले लामो समयदेखि अधिकारी प्राप्तीमा समय बिताएको काँग्रेसले पछिल्लो समय आर्थिक विकासमा जोड दिएको जनाए । सभापति थापाले अबका दिनमा काँग्रेसले पढेका र सिप भएका युवाहरुलाई रोजगारी बनाउँदै आर्थिक अभावमा पठनपाठन बिहीन युवायुवतीलाई स्वरोजगार बनाउने बताए ।
त्यस अवसरमा जिल्ला समन्वय समितिका सदस्य तथा जनजाति संघका नेता नेमबहादुर राना, नेपाली काँग्रेस स्याङ्जाका सह–सचिव धुर्वबन्धु पौडेल, अर्जुनचौपारी गाउँपालिका–५ का वडाध्यक्ष बद्रिप्रसाद पौडेल, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं.–१ प्रदेश नंम्बर १ का सभापति धुर्वबिक्रम खाँण, कानून व्यवसायी हरिप्रसाद रेग्मीले काँग्रेस प्रवेश गरेका युवाहरुलाई स्वागत गरेका थिए ।




प्रतिक्रिया