प्रधानमन्त्री कार्कीद्धारा निर्वाचन सुरक्षा अवस्थाबारे जानकारी लिन सुरक्षा निकायका प्रमुखहरुसँग छलफल


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी लिएकी हुन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थितिमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि भएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताईन् । उनले चुनौती सिर्जना गर्नसक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरुको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन पनि दिएको उनको सचिवालयले जनाएको छ ।

तस्विर : केशव थापा/प्रम कार्कीको सचिवालय