कांग्रेसले आज तीन जिल्लामा चुनावी सभा गर्दै


काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसले आज एकैदिन तीन स्थानमा चुनावी सभा आयोजना गर्दैछ। कांग्रेसले आज सुर्खेत, बाँके र रूपन्देहीमा चुनावी सभाको आयोजना गर्न लागेको हो। यसअघि कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा आयोजना गर्दै प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।

तीन जिल्लामा हुने सभाहरूमा सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरू सहभागी हुनेछन् । कांग्रेसले शुक्रबार फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने तयारी गरेको छ।