काठमाडौं, १४ फागुन । चर्चित अभिनेत्री रेखा थापाले २१ फागुनमा हुने प्रतिनिसभाको निर्वाचनमा चितवन–३ मा आफूले रेनु दाहालले जितेको हेर्न चाहेको बताएकी छिन् । उनले रेनुलाई नै आफूले संसद्मा पुगेको हेर्न चाहेको बताईन् । हिजो (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि थपलियासँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘रेनु दाहालले दुई कार्यकाल मेयरको रुपमा चलाउनुभयो, बहुत राम्रो काम गर्नुभएको छ । रेनु दिदीले संसद्मा गएर राम्रो नीति निर्माण गर्ने कुरामा राम्रो दख्खल राख्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’ थापाले वडा, नगरलगायतका स्थानीय तह चलाउन कठिन रहेको भन्दै स्थानीय सरकारमा पास भएको व्यक्ति संसद्मा सिधै पास हुने टिप्पणी गरिन् । उनले भनिन्,‘चितवन–३ मा अर्को विकल्प छैन, त्यहाँ रेनु दिदीले जित्नुपर्छ ।’




प्रतिक्रिया