प्रतिनिधि सभा निवार्चन श्रमजिवी मजदुरको हकहितका लागि नजिक भएर काम गर्दै आएको दलले जित हात पार्नुपर्ने श्रम नेता लक्ष्मणबहादुर बस्नेतले बताएका छन् ।
निर्वाचनमा होमिएको नेपाली कांग्रेसले प्रतिज्ञापत्रमा ५ वर्षमा १५ लाख रोजगारी सृजना गर्ने अवधारणा अघि सारेको बताउँदै नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष तथा मजदुर नेता महासचिव बस्नेतले मुलुकमा रोजगारी रहेको दाबी गरे । ७७ वर्षीय बस्नेतले भने, “मुलुकमा दुई किसिमको रोजगारी छ । औपचारिक र अनौपचारिक । अनौपचारिक क्षेत्रमा आवद्ध भएर काम गर्दै आएका श्रमिकका हकमा कांग्रेसले काम गर्न सक्नुपर्छ । सडकमा कामगर्नेहरुको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा काम गर्न सक्नुपर्छ । त्यसलाई औपचारिक आर्थिक पाटोमा जोड्न सकिन्छ । विकेन्द्रीत भएर काम गरिरहेकालाई कांग्रेस र मजदुरको सहयोगले मात्र एकतावद्ध गर्न सक्छ ।”
अनौपचारिक क्षेत्रका मजुदरलाई एक बनाएर उनीहरुको स्तरोन्नती गराउन सकिने बस्नेतले बताएकाछन् । सामाजिक सुरक्षामा श्रमिकलाई आवद्ध गराउनुपर्नेमा जोडदिदैं ट्रेड युनियनकर्मीले भने, “सामाजिक सुरक्षा कोष मजदुरका लागि सकारात्मक प्लेटफर्म हो । यसलाई कांग्रेसले अंगिकार गर्नुपर्छ । जसमा उद्योगीमात्रको नभएर स्वयं श्रमिकले समेत केहीप्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ । जुन भइरहेको छ।”
अनौपचारिक क्षेत्रमा काम गर्दै आएका श्रमिकलाई संगठित हुने अधिकार दिदैं रजिष्ट्रेसन हुन दिनुपर्नेमा उनले जोड दिए । छरिएर रहेका श्रमिकलाई संगठित गर्ने काम गाह्रो भएको स्वीकार गर्दै उनले स्थानीय तह, नगरले उनीहरुको पहिचान बनाइदिनुपर्नेमा जोड दिए । श्रमिकहरु संगठित हुने अवस्था रहँदा उनीहरु आफै अधिकार रक्षा गर्न सक्षम हुने बस्नेतले प्रस्टाए ।
सत्ताको नेतृत्व कांग्रेसले गरिरहँदा उद्योग कलकारखाना बन्द भए श्रमिकले रोजगारीबाट बन्चित हुनुपर्ने अवस्था आएको सन्र्दभममा ट्रेड युनियनकर्मी बस्नेतले पुराना उद्योगहरु आधुनिककरणसंगै समयानुकुल स्तरोन्नति गर्न नसक्दा समस्या देखिएको बताए । बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा रहेकाहरु बन्द भएको उनको भनाई छ ।
उनले भने, “प्रविधिमैत्री हुननसकेको अवस्थामा रहेका उद्योगका उत्पादन लागत बढि हुन आउँछ । जुन उत्पादनले प्रतिस्पर्धात्धक बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यो अवस्थामा रोजगारी आफै बन्द हुन्छ । हामीसंग आधुनिकस्तरका मेशिन नहुँदा समस्या भएका हुन् । अब नयाँ उद्योग र औद्योगिक क्षेत्रको बृद्धि गर्दै रोजगारी सृजना गर्न सक्नुपर्छ ।”
उमेरले ७ दशक नाघेपनि बस्नेत पछिल्लोसमय मोरंगको ६ वटै निर्वाचन क्षेत्रमा दैनिक सक्रिय रहदै आएकाछन् । ती क्षेत्रमा श्रमिक मजदुरको गुनासो र अपेक्षा बुझ्दै उनी प्रतिनिधि सभामा मजदुरको हक अधिकारको विषय राख्नसक्ने उम्मेदवारलाई चयन गर्नुपर्नेमा जोड दिदैँ आएका छन् ।




प्रतिक्रिया