आज ५६ सयले बढ्यो सुनको भाउ, अझै बढ्ने


काठमाडौं, फागुन १८ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य ५६ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।