पर्सा २ का उम्मेदवार मनोज चौधरी पक्राउ


काठमाडौं, फागुन २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बडनिहार क्षेत्रमा गरेको नियमित सुरक्षा जाँचका क्रममा चौधरी सवार गाडी गाडीबाट शंकास्पद वस्तु .फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको छ र घटनाबारे थप जानकारी पत्रकार सम्मेलन मार्फत दिइने प्रहरीले जनाएको छ ।