११ हजारले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?


काठमाडौं, २० फागुन । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

 मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ हजार ५४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।