गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु


काठमाडौं, फागुन २० । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचन तयारी, निर्वाचनसँग सम्बन्धित शान्ति सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ ।