चितवन-२ मा रवि लामिछानेको अग्रता फराकिलो बन्दै, कांग्रेस तेस्रो


काठमाडौं, फागुन २२ । प्रतिनिधिसभा अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता बढाएका छन् । हालसम्मको मतगणनाअनुसार लामिछानेले २ हजार २५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार ६९ मतसहित पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका नेकपाका प्रताप गुरुङले १ हजार १० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छन् ।