काठमाडौं, फागुन २३ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरूङ पछि परेका छन् । सार्वजनिक पछिल्लो प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले झिनो मतान्तरले अग्रता लिदै गुरूङलाई पछि पारेका हुन्। कांग्रेसका खत्रीले अहिलेसम्म ४ हजार २६३ मत प्राप्त गरेका छन् भने गुरुङले ४ हजार २५९ मत पाएका छन् । उनीहरुबीच अहिले जम्मा चार मतको मात्रै फरक रहेको छ ।
त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २ हजार २८१ मत र नेकपा एमालेका आरसी लामिछानेले ६७५ मत पाएका छन् । मतगणना जारी छ ।




प्रतिक्रिया