काभ्रेका ३५ जना उम्मेदवारको जमानत जफत


काठमाडौं, फागुन २५ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेबाट उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो ।

जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुँदा कतिपय उम्मेदवारले भने १० मतसमेत कटाउन सकेनन्। काभ्रे–१ मा रहेका १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । जमानत गुमाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबाहेक सबै उम्मेदवारको रहेका छन् ।

त्यस्तैगरी काभ्रे क्षेत्र नं २ मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत हुने भएको छ ।