काठमाडौँ, २५ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ । निर्वाचन पछि खुलेको नेप्सेमा कारोबारको सुरुवातमै सकारात्मक सर्किट लागेको हो ।
कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेको छ । यस अवधिमा नेप्से १०८.६० अंकले बढेर २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ भने करिब १९ करोडको कारोबार भएको छ ।
पहिलो १ घण्टााभित्र ४ प्रतिशत नेप्से बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । कारोबार २० मिनेटका लागि बन्द गरिएको छ ।




प्रतिक्रिया