शपथ खाएपछि रामकुमारी झाँक्रीको प्रतिक्रिया : दुवै सदनले साझेदारी गर्नुपर्छ


काठमाडौं, २५ फागुन । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रियसभाकी सदस्य एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले जनताको हितको लागि दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले साझेदारी गर्नुपर्ने बताएकी छिन् । राष्ट्रियसभा सदस्यको शपथ खाएपछि झाँक्रीले यस्तो बताएकी हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः संसद्का दुई सदन गठन गरिएको उल्लेख गर्दै कसैले पनि हतोत्साही वा त्रासदीको भावनाबाट हेर्न नहुने बताइन्।

उनले भनिन्,‘यी दुईवटै सदन राष्ट्र र जनताको पक्षमा काम गर्न शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संविधानतः फर्मेसन भएका हुन्। त्यसकारण जनता र राष्ट्रको हितमा हुने हरकाममा जोकोहीसँग पनि साझेदारी गरेर पार्लियामेन्टको काम गर्नुपर्छ। त्यसकारण यसमा कसैले पनि हतोत्साही वा त्रासदीको भावनाबाट हेर्नुहुँदैन ।’ file photo