काठमाडौं, २८ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज सामाजिक सञ्जालमार्फत यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला मान्य रहेको प्रष्ट पारेका छन् ।
उनले एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्दै जनताको विश्वास नै शक्ति रहेकाले जनताकै बीचमा रहेर जनताकै लागि काममार्फत विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने जनाएका छन् ।




प्रतिक्रिया