“धर्ती आकाश” गीत सार्वजनिक, मगिस र आयुष्माको अभिनय (भिडिओसहित)


काठमाडौं, २८ फागुन । कजिना ढकाल र यश गौतमको स्वर रहेको “धर्ती-आकाश” बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । शिवराज गौतमको रचना रहेको गीतमा मगिस गौतम र आयुष्मा कार्कीको अभिनय रहेको छ । थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतको एरेन्ज भने आकाश रणपालले गरेका हुन् ।

आरोह स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ भने रुविन मगरले गरेका हुन् । भिडिओको निर्देशन पनि स्वयम गीतकार शिवराज गौतमले नै गरेका हुन् । भिडिओको छायांकान तथा सम्पादन भने उशल कार्कीले गरेका हुन् ।