धनुषा–१ का रास्वपाका उम्मेदवार साहको रिट आज हेर्न नभ्याईनेमा, आइतबार सुनुवाई हुने


काठमाडौं, २९ फागुन । धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका किशोरी साहले दायर गरेको रिटमा आज सुनुवाई हुन सकेन । निर्वाचनको मुखमा आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । आज यो रिटको सुनुवाईको लागि पेशी तोकिएको थियो । पेशी न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको भएपनि आज हेर्न नमिल्नेमा परेको छ ।

अब यो रिटमाथि सुनुवाई आइतबारे हुने भएको हो ।