जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ



सुनसरी, १ चैत । धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टस्थित होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१६ बस्ने ३२ वर्षीय किशन घिमिरे सहित ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार ८ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।