काठमाडौँ, १ चैत । बलात्कारपछि हत्या गरिएको १६ वर्षीया इनिसा विकको न्यायका लागि माइतीघरमा प्रदर्शन गरेका छन् । इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै स्वतन्त्र विद्यार्थी समूहले आज (आइतबार) माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
माइतीघरमा कानुन केवल किताबमा कि व्यवहारमा ?,आज अर्काको छोरी भोलि आफ्नो पालो सोच्ने बेला यही हो, हामीलाई सुरक्षा देऊ आश्वासन होइन जस्ता नारा लगाएका छन् ।
सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, सहिद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कार भएको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखाएको छ। सो घटनामा सुर्खेत प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।



















प्रतिक्रिया