काठमाडौं, १ चैत्र । रास्वपाका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाई आज हर्दाहेर्दैमा राखिएको छ ।
आज न्यायाधीश शाराङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलामास सुनुवाई भएकोमा आज बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। यो मुद्दामा बहसले भोलि पनि निरन्तरता पाउने भएको छ । महान्यायाधिवक्ताको निर्णयविरुद्ध युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।




प्रतिक्रिया