काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसले पार्टीले प्राप्त गरेको २० जना समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा सिफारिश गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २० जना सांसदहरुको नाम सिफारिश गरेको हो ।
खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसीको नाम सिफारिश भएको छ । यस्तै, आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बेको नाम सिफारिश गरिएको छ ।
यस्तै, मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र डा. चन्द्रमोहन यादवको नाम सिफारिश भएको छ । दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली रहेका छन् । यस्तै, थारूबा प्रमिलाकुमारी गच्छदार र मुस्लिमबाट शाहजान खातुनको नाम सिफारिश भएको छ ।




प्रतिक्रिया