काठमाडौं, चैत २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा सर्वसम्मत अध्यक्ष बनेका हुन्।
शनिबारदेखि काठमाडौंमा जारी १२औँ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्य पछि हटेर शर्मालाई समर्थन गरेपछि नेतृत्व निर्विरोध भएको हो । सुरुमा अध्यक्षका लागि शर्माका अलावा रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिएका थिए । अध्यक्षबाट पछि हटेका बज्राचार्य उपाध्यक्ष पदमा रहने भएका छन् भने उम्मेदवारी फिर्ता लिएका रविन शेरचनलाई पनि उपाध्यक्ष पद दिइने सहमति भएको छ ।
एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ ।निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ । निर्वाचन भन्दा पनि सहमतिका आधारमा कार्यसमिति चयन गर्न लागिएको बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आथित्यतामा आइतबार साँझ पाँच बजे समापन समारोह आयोजना गरिएको एनआरएनए सचिवालयले जनाएको छ । अधिवेशन आज सम्पन्न हुँदैछ ।




प्रतिक्रिया