काठमाडौं, चैत २ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि आपत्ति जनाएकी छन्।
हिजो बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकास अर्याललाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने र प्रधानमन्त्रीको नीजि स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति प्रश्न उठाउदै सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन्। श्रेष्ठले यो निर्णय कसको हो, निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? पारस्परिक सम्बन्धमा के छ भन्दै प्रश्न गरेकी छन्।
फेसबुकमा उनले लेखेकी छन्,
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको?




प्रतिक्रिया