काठमाडौं, २ चैत्र । रास्वपाका नेता तथा केन्द्रीय निर्वाचन रणनीतिक योजना संयन्त्रको सदस्य राजबहादुर गिरीले पार्टीले पूर्वघोषणा गरेबमोजिम वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्न लागेको र जनताको विश्वासअनुसार अबको सरकारले काम गर्ने बताएका छन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै गिरीले निर्वाचनको मुखमा रास्वपाले गरेको वाचाअनुसार काम हुने पनि विश्वास दिलाए । उनले २०४६ सालदेखि भ्रष्टाचारका फाईल खोल्ने र संविधानपनि संशोधन गरिने बताए ।
पार्टीले अघि सारेको घोषणापत्रअनुसार नै काम हुने उनको विश्वास छ । उनले विकासको मोडालिटी पनि छिट्टै सार्वजनिक हुने पनि बताए । उनले देशमा विकास अब आजको भोलि नै रोटी फर्काएकोजस्तो सजिलो नहुने भन्दै त्यसको लागि पनि काम हुने बताए ।




प्रतिक्रिया