राष्ट्रपति पौडेलद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जली दिन भक्तपुर पुगेका छन् ।

ओली निवास गुण्डुमा पुगेर राष्ट्रपति पौडेलले मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।