काठमाडौं, चैत ४ । काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ । महानगरले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा चैत ८ गतेदेखि घाँसे खुुुलामञ्च जस्तै घाँसे मैदान निर्माण गर्न लागेको जनाउदै आयोजना समपन्न नहुन्जेल टुँडिखेलमा कार्यक्रम गर्न रोक लगाएको हो ।
महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । महानगरले निर्माण कार्य सुरु भएपछि यो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने जनाकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘उक्त स्थानमा सञ्चालन तथा आयोजना हुने चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह लगायतका कार्यक्रमहरू अवरुद्ध हुने भएकाले निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था गर्नुहुन अनुरोध छ ।’





प्रतिक्रिया