काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले राजीनामा दिएको विषयमा प्रतिक्रिया दिएका छन् । उनले सभापति थापाको राजीनामा केन्द्रीय कार्यसमितको बैठकबाट रिजेक्ट हुने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै शर्माले सभापति थापाले नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक भएपनि वर्तमान स्थितिलाई सम्हाल्नु सभापतिको प्रधान दायित्व भएको उल्लेख गरेका छन् । थापाले हिजो राति उपसभापति शर्मालाई सम्बोधन गर्दै राजीनामा बुझाएको बताईएको छ ।
सभापतिको राजीनामापत्रबारे शर्माले भनेका छन्–‘‘नैतिक जिम्मा लिन्छु भन्नु सकरात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ।’




प्रतिक्रिया