काठमाडौं, चैत ६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले चार तहदेखि नौ तहसम्मका विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै आज दरखास्त आह्वान गरेको छ । सार्वजनिक सूचना अनुसार वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी परिपूर्ति गर्न लागिएको हो ।
दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ। त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ। तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रूपैयाँ, तह ७ र ६ का लागि १२ सय, तह ५ र ४ का लागि ६०० रूपैयाँ तोकिएको छ। थप समूहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।





प्रतिक्रिया