काठमाडौँ, ६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरणमा पर्न छुटेका व्यक्तिहरूका लागि अन्तिम पटक मौका दिएको छ।
प्रशासनले एक सूचना जारी गर्दै आगामी चैत २० गते अन्तिम पटक वर्गीकरण कार्य गरिने जानकारी दिएको हो। वर्गीकरण प्रक्रियामा सहभागी हुन चैत २० गते शुक्रबार दिउँसो १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुग्न प्रशासनले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यो आह्वान गरिएको हो।





प्रतिक्रिया