शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने मेरो चाहाना : महावीर पुन


काठमाडौं, चैत ७ । सांसद महावीर पुनले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । समाजिक सञ्जाल फेसबुकमा आफूले गर्न चाहेको कामको बारेमा उल्लखे गर्दै उनले विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य प्रतिष्ठानहरूमा भइरहेको राजनीतिक भागबण्डा अन्त्य गरी शुद्ध शैक्षिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।

पुनका अनुसार यसका लागि विद्यमान विश्वविद्यालय ऐन र शिक्षा ऐनमा व्यापक संशोधन गर्नुपर्नेछ। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पूर्ण रूपमा पुनर्संरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा मात्र बढी जोड दिन चाहेको बताएका छन्

‘मैले गर्न खोजेको र अब सरकारले नगरी नहुने कुराहरू (१) विश्वविद्यालयहरू, विद्यालयहरू तथा स्वास्थ्य प्रतिष्ठानहरूमा राजनैतिक भागवन्डा र राजनीतिकरणको अन्त्य गरी विशुद्ध शैक्षिक वातावरणको सृजना गर्ने। त्यसको लागि विश्वविद्यालय ऐन र शिक्षा ऐनमा पूर्ण संशोधन गर्नु पर्नेछ। (२) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रलाई पूर्ण रूपमा पुनर्संरचना गरी सैद्धान्तिकभन्दा सीपमूलक शिक्षामा मात्र बढी जोड दिने।’ उनले फेसबुकमा लेखेका छन्।