काठमाडौं, चैत ७ । अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।
उक्त क्षेत्रमा गतसाल बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो । आज बिहान ३ः३० बजे रोशी गाउँपालिकाको चारसयबेँसी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको छ । पानीको बहाव घटेपछि मात्रै उक्त सडक सञ्चालनमा आउने छ ।
बिपी राजमार्गको रोशी क्षेत्रको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि बिहानैदेखि सवारी साधन ‘होल्ड’मा परेका छन् । अहिले धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फबाट राजधानी प्रवेश गर्ने सवारी नेपालथोक र मङ्गलटारमा राकिएका छन् ।




प्रतिक्रिया