काठमाडौं, चैत ७ । प्रधानमन्त्री सुशीला कार्कीले इद उल फित्रको अवसरमा देश विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको समापनसँगै आज मनाइँदै गरेको छ । उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शुभकमना संन्देश जारी गर्दै सम्पूर्ण नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छन् ।
रमजानको महिनादिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने जनाउँदै उनले त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको बताएकी छन्। यी मूल्यहरूले हाम्रो समाजलाई मानवमूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्ने प्रधानमन्त्री कार्कीको भनाई रहेको छ। इद उल फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने प्रधानमन्त्री कार्कीले विश्वास व्यक्त गरेकी छन् ।




प्रतिक्रिया