काठमाडौं, ८ चैत। बुढानिलकण्ठ नगरपालिका-१० साप्रेढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ६० मिलिग्राम, नगद ७७ हजार रूपैयाँ र डिजिटल तराजु १ तान सहित सिन्धुली कमलामाई नगरपालिका-४ बस्ने २८ वर्षीय बस्ने चेत बहादुर रम्तेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय मिलन तामाङ र झापा अर्जुनधारा नगरपालिका-१० बस्ने ३३ वर्षीय सुवास राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ परेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१५ ललित टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५ ट्याब्लेट र स्पास्पेन ३ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय पवन सापकोटालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-३ स्थित सिटि होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम र नगद १ हजार ५ सय ७० रूपैयाँ सहित बिर्तामोड नगरपालिका-७ भुषाबाडी बस्ने ५१ वर्षीय सन्तोष प्रसाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० पन्तचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ३६ वर्षीय डम्बर सिंह कुँवरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय बलराम रानालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।




प्रतिक्रिया