भरूवा बन्दुकसहित एक जना पक्राउ


मकवानपुर, ८ चैत । बागमती गाउँपालिका-९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरूवा बन्दुक १ थान सहित गए राति प्रहरीले पक्राउ गरेको छ । 

सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।