डा. लोहनीले दिए राप्रपाको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा


काठमाडौं, ८ चैत्र । पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राप्रपाको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । लोहनीले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार पदािधकारीले मार्गप्रशस्त गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

उनकाअनुसार जनभावनाअनुरुप तदर्थ समिति गठन गरी महाधिवेशन गर्दा राम्रो हुनेछ । उनले महाधिवेशनबाट जिम्मेवारी प्राप्त भएमात्र पदमा रहने गरी अलग हुने समयको मागलाई अनुसरण गर्दै राजीनामा दिएको स्पष्ट पारेका छन् । २१ फागुनको निर्वाचनमा राप्रपाले नराम्रो हार व्यहोरेको छ । उसले प्रत्यक्षतर्फ जम्मा एक सिट र समानुपातिकतर्फ ४ सिट गरी जम्मा ५ सिट जितेको छ । यो निर्वाचनमा राप्रपा छैटौं दलको रुपमा समिति भएको छ । ०७९ मा १४ सिट जितेर पाँचौ दल भनेको राप्रपा यसपटक ६ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउँदा सबभन्दा पुछारमा परेको छ । राप्रपाभन्दा अघि हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी छ । उसले प्रत्यक्षमा तीन र समानुपातिकतर्फ ४ गरेर ७ सिटमा जित निकालेको छ ।